स्वार्थ रैछ त्यो बोलीमा मैले साँचो माया ठाने !
हिजै भेटेको खोलीमा मैले साँचो माया ठाने !!
भमरा झैं रुपमै लट्ठ चहारी हिन्छौ धेरै !
कति अट्छन् त्यो झोलीमा मैले साँचो माया ठाने !!
काम नलाग्ने रैछ भनि टाढा भएनि तिमी !
हुनेछु तिम्रै टोलीमा मैले साँचो माया ठाने !!
मिल्काएर हिड्छौ अरे फोहोरको डुंगुर् भित्र !
माया आज र भोलिमा मैले साँचो माया ठाने !!
चड़छु बरु म सोलीमा मैले साँचो माया ठाने !!