स्वतन्त्र यो आकाशको चरी बनाउँला
स्वर्गकी उर्बशी र परी बनाउँला ।
कतीकती आत्माहरु तिर्खाएका देख्छु
प्यासै मेट्ने माधुरीको झरी बनाउँला ।
कोहिले भन्लान मन अनी मुटुमै राख्छु
मुखमै बस मेरो बाह्रखरी बनाउँला ।
आउनेजाने मायाको भारी बिसाउने
माया अनी मायालु नगरि बनाउँला ।