सबै भन्दा ठुलिठाली हुनिखानी तिमी
स्वीकार गरेँ अरुभन्दा भाग्यमानि तिमी
छाक नपाइ जीवन धान्न धौ धौ परेकाको
जुठै छाक दिएपनि अन्नादानी तिमी
मन्दीर मुर्ति पाखा लगाई तिम्रै पुजा गर्ने
थाह पाएँ उनका लागि भगवान नी तिमी
हकिकत त के भनौं खै थाह भा'कै कुरा
सोझा ती गाउँले बिचमा स्वाभिमानी तिमी
~दृष्टी-वाटिका साहित्यिक समाज मुम्बई