भेदभाब बोकी आऊँने , तारा फेर्नु छ ,
तराई पहाड मेचीकाली सारा फेर्नु छ ।
नाताबाद क्रिपाबादका दिन गए अब ,
पक्षपातमा गुंजिने सब नारा फेर्नु छ ।
सोझा साझा श्रमजिबी थिचिई रहे सधै ,
हैकमबादी संबिधानको धारा फेर्नु छ ।
रुकुम रोल्पा कालीकोट हेपिदैछ किन ,
सोलु अछाम सल्यान संगै बारा फेर्नु छ ।
सबै मिले एक एक गर्दै दाह्रा फेर्नु छ ।।