तन तीमी सङ्गै झुल्न थाल्यो म के गरौ ?
मन तीमी सङ्गै भुल्न थाल्यो म के गरौ ??
छामी हेरे छाती बिच भागेर सुटुक्कै
तीम्रो वरी परी डुल्न थाल्यो म के गरौ ??
नखोलिने सन्दुक भित्र कैद नै थिए
बन्द सबै ढोका खुल्न थाल्यो म के गरौ ??
यौवन को उछवास ले मात लाग्दा
बैश का लहर फुल्न थाल्यो म के गरौ ??
चाहना हुर्केर चुल्न थाल्यो म के गरौ ??