तारा गन्दै कल्पि रुँदा, याद आयो अतितको
जुनेलिमा एक्लै हुँदा, याद आयो अतितको
देउरालिमा पाति चढाई, खाएका ति बाचा कसम
कसमैले मन दुँदा, याद आयो अतितको
चौतारीमा चलिर'ने, सिरसिरे बतासैले
रेशमि यो केश फुँदा, याद आयो अतितको
दु:ख सु:ख बाढुला नि, नरोउ मेरी शान्ति भन्थ्यौ
बेदनामा आँशु चुँदा, याद आयो अतितको
देउतालाई साक्षि राख्दै, सिउदो भर्छु भनि गयो
आज तिनै देउता छुँदा, याद आयो अतितको