तारा पनि अँध्यारोमा पर्छ सोच्दै गर !
धोका दिँदा भुपू प्रेमी मर्छ सोच्दै गर !!
अर्कैतिर खुशी फलाई टप्प टिप्ने बेला,
वैतर्णीको जँघारै पो तर्छ सोच्दै गर !
निराहार व्रत बसी ढुगां ढोग्दा रात् मा,
दैवले नै उस्को खुशी हर्छ सोच्दै गर !
दिन् को यौटा अँगालेर प्रेम पुज्दा तिम्ले,
स्वर्गदेखि नरक् मै पो झर्छ सोच्दै गर !