तराजुमा जोखीजोखी किन्ने माया छैन मेरो ।
सुनसरी बराबरी छिन्ने माया छैन मेरो ।
किन जोख्छौ काटा लाई जाली तराजुमा ?
सस्तो भाऊ खोजीखोजी हिन्ने माया छैन मेरो ।
हृदयमा राखी राखी बिस्वासको साँचो प्रीत ।
हिरा मोती सुन भनी चिन्ने माया छैन मेरो ।
सम्पतिमा मोज गरी अन्धो बनी रमाएर ।
पैसा जस्तै छनछनि गिन्ने माया छैन मेरो ।
सुनसरी बराबरी छिन्ने माया छैन मेरो ।