थोरै लेखे धेरै मेट्दै हजुर गज़ल बनाउनलाई
केहि कोरे लेखे भेट्दै हजुर गज़ल बनाउनलाई
भिजेका यी बिउहरु छरे मैले उम्रेलानकी भन्दै,
केहि शेर पोखे लेख्दै हजुर गज़ल बनाउनलाई
फुल हजुर यी गुलाबका टिपे काडा चुम्दै चुम्दै
दुई चार शब्द पोख्दै हजुर गज़ल बनाउनलाई
ए-उला,ए-सानी र मतलाले दुख दिदै गर्दा मलाई
ट़ावाक्क,टुक्का,प्याट पार्दै हजुर गज़ल बनाउनलाई
सानो सुझाब पर्खे राख्दै हजुर गज़ल बनाउनलाई
म्याड नेपाली सोल्टा,पागल कबिले कोरे मेट्दै शब्द
यो सानो चिनो दुख पोख्दै हजुर गज़ल बनाउनलाई