नेपालीको एउटै त्यो मन्त्र, थुइक्क पाजी गणतन्त्र ।
टुलु टुलु नसक्नेले हेर, सक्नेले अगाडी बढ तन्त्र ।
संघियताको निउ पारेर, भाग लाउने टाउकाहरु,
गरिब को ढाडमा सकेर, हेलिकप्टरमा चढ तन्त्र ।
नेपाली आमाका सन्तान, मगरात राज्य -नेवाराज्य,
खम्बुवान -लिम्बुवान हरु, बल वान बनि लड तन्त्र ।
दण्ड हिनता पराकाष्ठामा,हारेकाछन् बाबु-आमा पनि,
दिन दहाडै सर्बाङ्ग भई, खुल्लम खुल्ला छी:सड तन्त्र ।
एउटै शिक्षा बनाउ अब, राजनीति मात्रै पढ तन्त्र ।