ठुला ठुला ताबुक यहाँ उठाउनु पर्छ साथी,
नसकेनी काम गर्ने हिम्मत ,जुटाउनु पर्छ साथी !!
ओभानो शरीर हुन्न काही पनि लुथ्रुक्कै भिज्छ शरीर
धेरै पसिनाका धाराहरु ,छुटाउनु पर्छ साथी !!
सस्तो परीश्रम बेच्नलाई बाध्यछौ यहाँ हामीहरु,
भएभर को जवानी यही लुटाउनु पर्छ साथी !!
भबिस्यको सुन्दर सपनाहरु सजाउन आएका हामीहरु
राम्रो काम र दाम नपाउदा सपनाहरु ,टुटाउनु पर्छ साथी !!
बिदेसिएर आफ्नै भाग्य, फुटाउनु पर्छ साथी !!!