थुङ्गा थुङ्गा फुल टिपी माला उँने रहरमा ।
भबिश्य नै फुलाउने फुल हुने रहरमा ।।
उँनी राखी माला लाई नओइलिने गरी त्यों ।
पिरतीले बाटेर त्यों मन छुने रहरमा ।।
बिहानीको उषा संगै उर्वराउने त्यों शीतमा ।
मायालुको तृष्णा राखी बुट्टा बुँने रहरमा ।।
हरियाली वन पाखा डाडा काड़ा घुमौ भनी ।
यो हेर त ! फुल्को रूप ! रंङग चुँने रहरमा ।।
भबिश्य नै फुलाउने फुल हुने रहरमा ।।