ति स्वप्न शहर, यसै ढले !
हजारौ रहर, यसै ढले !
पर्खाइ मा तिम्रो, कयौं साँझ,
कयौं ति प्रहर, यसै ढले !
परेली भिंजाई, अश्रु-धारा,
बनेर नहर, यसै ढले !
सामुन्द्री मनमा, उठे थे' जो,
प्रेमका लहर, यसै ढले !
आउछ्यौ फर्केर, तिमी भनि,
गरेका ठहर, यसै ढले !
पिएर जहर, यसै ढले !
चितामा 'प्रखर', चढे पछि,
ती सबै कहर, यसै ढले !
( ति स्वप्न शहर, यसै ढले !
हजारौ रहर, यसै ढले ! )