तिमी आँशु बनेर खस्यौ ।
कालो नाग बनेर डस्यौ ।।
साथ दिन्छु भनेर छिनै ।
अंगालोमा बाधेर कस्यौ ।।
माया दिने बहाना बनाई ।
छुरा हानी दिलमा धस्यौ ।।
हेर्दा तिमी सोझोनै देख्थे ।
काँडा बनी मुटुमा बस्यौ ।।
धुलोछर्दै आँखामा पस्यौ ।।
खाको कसम भुलेर तिमी।
सिन्दुर आज अर्कैको घस्यौ ।।