तिमी आयौ यसरी जिवनमा मेरो !
फुले फुल प्रीतिको आँगनमा मेरो !
नाम लिन्छ तिम्रो नै हर सांस अब,
काबु छैन मेरो नै धड्कनमा मेरो !
देख्छु तिमी-तिमी नै हेर्छु हर कँही,
साँचे तिम्रै तस्विर यो मनमा मेरो !
साथ देउ जुनी भर् सहारा होईन,
थाम हात बाधा र अड्चनमा मेरो !
हाँस्ने यँहा धेरै छ्न् तड्पनमा मेरो !
माया गर न-गर अब तिम्रै खुशी,
बाँध्ने छैन तिम्लाई बन्धनमा मेरो !
(तिमी आयौ यसरी जिवनमा मेरो !
फुले फुल प्रीतिको आँगनमा मेरो !)