तिमी बिना जिन्दगीका दिनै पूरा हुन्नन्!
तिम्रै चर्चा हुन्छन् प्रिय अरु कुरा हुन्नन्!
हात समाई सँगै बसी ,खाईएका कसम!
हुन्छन साकार सप्नाहरु अधुरा हुन्नन्!
बचनले कड़ा बोल्नन् केही तितो लाग्ला!
मन् त्यो सफा जुन बगलीमा छुरा हुन्नन्!
युद्धमा लोग्ने मर्यो समाजले लुछ्यो हिँजै!
पाखण्डी भन्छ रॉडी हातमा चुरा हुन्नन्!
समयको चक्र सँगै मनको ढोका खुल्दा!
प्रिति का बाटा हरु कैल्यै साँघुरा हुन्नन्!
बहोरा हो ठुलो,सानो मनले मान्छे हुन्छ!
मान्छे भै दया देखाए कोही टुहुरा हुन्नन्!