तिमी बिना मर्छ भनि दिनु निर्झरालाई !
हो छट्पटि गर्छ भनि दिनु निर्झरालाई !
हरक्षण हरपल यादै यादमा टोलाउदै
मेरो मुटु चर्छ भनि दिनु निर्झरालाई !
बाडुल्की लाग्नै छोड्यो सम्झिन छोड्यौ सायद
आँखा आँशु भर्छ भनि दिनु निर्झरालाई !
समयले अलग-अलग बनायो 'प्रियसी'
सँगै जिउनु पर्छ भनि दिनु निर्झरालाई !!
त्यतै बसाई सर्छ भनि दिनु निर्झरालाई !!