तिमि देखि धेरै टाढा बिरानो शहरमा छु ।
तिम्लाइ भेट्ने अथाह मनको रहरमा छु ।
रहरले होइन प्रिय बाध्यताले टाढा हुनुपर्यो ।
त्यसैले प्रिय पानिबिना माछि झै बगरमा छु ।
तिम्रै खातिर हासि हासि सहिदिंछु दुःख हरु ।
त्यसैले प्रिय आज बेतन लिने लहरमा छु ।
तिमि देखि धेरै टाढा बिरानो शहरमा छु ।
तिम्लाइ भेट्ने अथाह मनको रहरमा छु ।