तिमी गुरु पिरतीको म त तिम्रो चेला न हो
गरेदेखि मायाँ हुन्छ नगरे त हेला न हो ।
भेट्ने छुट्ने क्रमहरु चलिहाल्छ जिन्दगीमा
रुने हास्ने भन्ने कुरा ईश्वरको खेला न हो ।
चन्द्र आउने सुर्य जाने अनौठो यो सगरमा
ताराहरु झिलिमिली गोधुलीको बेला न हो ।
कतै भाग्य धनमा पर्ला कतै कोही भोकै मर्ला
ऐसआराम भोगविलास दुइपलको भेला न हो ।
जिन्दगी यो संसारमा रमाईलो मेला न हो ।