तिमी खेल्छौ जुवातास मेरो के लाग्छ र
भैइसक्यौ पाटीबास मेरो के लाग्छ र
तन्तनी तान्यौ चुरोट्, मुटु जल्दै गैइ
खरानीको भयो ह्रास मेरो के लाग्छ र
सामान्य थ्यो जिन्दगी, सामान्यमै बित्यो
नभएरै कुनै खास मेरो के लाग्छ र
जीन्दगीको परीक्षमा धेरै फेल् हुन्छौ
थोरै मात्रै हुन्छौ पास मेरो के लाग्छ र
गल्ती गर्यौ र पायौ सजायमा तिम्ले
जीन्दगीको अवकास मेरो के लाग्छ र