तिमि मेरो जिन्दगीमा रसा जस्तो भयो
नमेट्टीने गरि दिलमै बसा जस्तो भयो
धेरै गरे भुल्न उनलाई,मन बुझाउन खोजे
जाल रच्दै तिम्ले मलाई फसा जस्तो भयो
मनले भन्छ तिम्रै सामु बसु जुनी भरि
एकलौटी मात्रै दिलमा पसा जस्तै भयो
हेर्छु भन्छु तिम्रै नयन हरेक जुनी जुनी
मैले एक्लै माया जालमा धसा जस्तो भयो
प्रेम भिरमा घचेटेरै खासा जस्तो भयो
सातो जान्छ यो म्याडको तिम्रो रिस देख्दा
शब्द रुपी कडा बिषले डसा जस्तो भयो