तिमी साच्चै मेरा अनेक इसारा बुझ्दिनौ कि,
मैले माया गरेका ति पारा बुझ्दिनौ कि !
कि सबै बुझी सकेर नि अबुझ जस्तै बनि रा'छेउ,
किन दिए तिमीलाई मैले सहारा बुझ्दिनौ कि !
माया गर्नेहरुको त समुन्द्रै छ तिम्रो अगि,
त्यसैले मेरो मायाको धारा बुझ्दिनौ कि !
कि मन मनै मन पराइ भन्न मात्र नसकेकी,
माया लगाई सकेपछिको अभिभारा बुझ्दिनौ कि !
कि मैले गरेका कुरा सारा बुझ्दिनौ कि !