तिमी सँगै माया बसेछ, म बिर्सु कसरि
तिमी तिरै दिल फसेछ, म बिर्सु कसरि।।
एक्लै हुँदा सधै टोलाउछ, यो मेरो नयन
तिम्रो मायाले मन कसेछ, म बिर्सु कसरि।।
तिम्रो माया रैछ नशालु, त्यो विषै लाउने
छाती भित्र दुख्यो डसेछ, म बिर्सु कसरि।।
अव कहाँ भुल्न सक्छु, यो जीवन भरि
नशा-नशा पुरै पसेछ, म बिर्सु कसरि।।
जोगी बनि धुलो घसेछ, म बिर्सु कसरि।।