तिमीलाई स्व्यम्बरमा फूलकै माला दिउला प्रिय
खान्धानीको कुरा गर्छ्यौ कुलकै माला दिउला प्रिय ।
बिहेपछी मलाई कती माया गर्ला भन्छ्यौ होली
मायैमाया अजम्बरी मुलकै माला दिउला प्रिय ।
चिनोपनि हुनुपर्यो हाहाहाहा घरैभरी
भित्रबाहिर छोराछोरी हुलकै माला दिउला प्रिय ।
वारी आउ पारी जाउ गाह्रोपिरो नहोस् भनी
दुई लट्ठाले लर्काएको पुलकै माला दिउला प्रिय ।
जुनतारा धरतीआकाश उल्कै माला दिउला प्रिय ।