तिमीले पुज्ने देउतासँग रिस खाएर आएको छू,
त्यहि झोकमा अमृत छोडि बिष खाएर आएको छु ।
दिमाग मेरो अँचार भयो, बिचार रण्डी बजार भयो,
तिम्रो कसम खाई मगज खिस्काएर आएको छु ।
छातीभरि चाह थियो,मुटु पोल्ने डाहा थियो,
त्यो छाती र त्यो मुटुलाई फुटाएर आएको छु ।
ध्यानमग्न तिम्रो देउताको ध्यानैसँग रिस उठ्यो ,
देउतालाई सकिन सो पुजारीलाई जिस्काएर आएको छू ।
एक एक कुरो प्रमाणसहित देखाएर आएको छु ।
महादेवको चाकरीले केहि भएन "अर्याल कान्छो",
त्यहि झोकमा साँडेको ढाड कनाएर आएको छु ।
जीन्दगीको जुवामा फेरि मिस खाएर आएको छु,
तिमीले पुज्ने देउतासँग रिसखाएर आएको छू ।