तिम्लाई भनी, टिपेर रातो, गुलाव ल्याको छु !
स्विकारछौ की, भनी मायाको, प्रस्ताव ल्याको छु !
सोधिनौ तिम्ले, कहिल्यै पनि, प्रश्न जुन् मलाई,
सजाई मोति, आँखामा मेरो, जवाब ल्याको छु !
एकै पन्नामा, अँटेन सबै, भावना दिल को,
लेखेर सारा, मनको व्यथा, किताब ल्याको छु !
कती रात् बिते, गनेर तारा, कती दिन् टोलाई,
बुझ्दिनौ था' छ, त्यसैले आज, हिसाब ल्याको छु !
पगाली आज, भत्काई बाँध, बहाव ल्याको छु !
(तिम्लाई भनी, टिपेर रातो, गुलाव ल्याको छु !
स्विकारछौ की, भनी मायाको, प्रस्ताव ल्याको छु !)