तिम्रा लागी ज्यानै दिन्छु, मेरो भर पर माया
गर्छौ भने मुखले होइन, भित्री मनले गर माया
सुकसुकाउदै किन हिड्छौ, बेदनाका छाल बोकी
झर्छौ भने आँउ काखमै, आँशु बनि झर माया
ममताकी खानी तिमी, भरी भराउ आँचल तिम्रो
अलिकति पोखिएर, खाली योमन भर माया
विश्वासै हो पिरतीमा, सबै भन्दा ठुलो कुरा
अबिश्वासले भत्किएला, प्रेमको सुन्दर घर माया
सुकुल बनि सुति दिन्छ, लम्पसारभै यो "गोबिन्द"
पिरतीको बिस्कुन तिमी, जति छर्छौ छर माया