तिम्रा ती अधर खोल न शान्ति,
एक वचन मिठो बोल न शान्ति !
आतुर छन् हेर्न करोडौँ आँखा,
मुहारमा मुस्कान घोल न शान्ति !
जुनीभर सक्छु खापेर बोक्न,
मैँमाथि पीडा ढोल न शान्ति !
ल भयो त्यो नि चाहान्नौ भने,
बाल्दिन्छु आगो पोल न शान्ति !
कति हो तिम्रो मुस्कानको मूल्य?
यो 'सागर' बरू मोल न शान्ति !