तिम्रै चोट तिम्रै मल्हम पाएर खुशी लाग्यो ।
आजकल तिम्लै आफै चाहेर खुशी लाग्यो ।।
विश्वासमा अडेको यो नाता सम्बन्धलाई ।
लाहा छाप झै कसम खाएर खुशी लाग्यो ।।
तिम्रो गल्ली हुँदै मैले धाँउथे घरै सम्मै ।
मैरै गल्ली तिमीले आजकल धाएर खुशी लाग्यो ।।
पासा पल्टिएछ अब दाउ मेरो भागमा ।
मेरै नामको गीत तिमीले गाएर खुशी लाग्यो ।।
जोडिएछी नाता अब नटुटोस सँधै भरी ।
जताततै प्रेमको सुवास छाएर खुशी लाग्यो ।
~आजकल- क्वालालम्पुर