तिम्रो हातमा जित्तै पर्छ मान्दिन यो ।
मेरो भागमा रित्तै पर्छ मान्दिन यो ।।
हार जितको अझै बाँकी फैसला त्यो ।
गैरी खेतको कित्तै पर्छ मान्दिन यो ।।
गाउुँ समाज जान्ने सुन्ने गवाही छ ।
पारी लोहोसें भित्तै पर्छ मान्दिन यो ।।
माने बलिया तिमी उस्तै चण्डाल छौ ।
बल हुँदैमा सित्तै पर्छ मान्दिन यो ।।
तिमी ठगको हित्तै पर्छ मान्दिन यो ।।