तीम्रो मन्द मुस्कानको भाउ कती धेरै ।
जता ततै चर्चा चल्ने ठाउँ कती धेरै ।।
स्वर्गकी परी हौ कि रुपवती अप्शरा ।
तीम्रै मात्र पछी लाग्ने गाउ कती धेरै ।।
लजाएर ओठ टोक्दा बेहोशी नै बन्ने ।
तीमी सङ्गै जोडीएको नाउ कती धेरै ।।
शराबी त्यो नयन मा सबै झुमीएर ।
कल्पना मै हराउने दाउ कती धेरै ।।
एकैबोली बोलेथ्यौ मोहिनी त्यो बोलिले।
घायल पार्दा मुटुमा घाऊ कती धेरै ।।