तिम्रो माया मुटु भित्र स्वस्थ छ उत्तिकै ।
छोड़ी गयौ जिंदगी नै ध्वस्त छ उत्तिकै ।
तिम्रो माया जाली रैछ स्वार्थ पूरा गर्यौ ।
हृदयमा याद्हरू नि स्वच्छ छ उत्तिकै ।
मस्त योवन फिजाई फसाएर छोड्यौ ।
झझल्कोमा त्यी सबै परष्ट छ उत्तिकै ।
पिएँ कति दिन रात पीड़ा झन बढ्छ ।
याद हुन्छ दर्द बढ्छ सर्वस्व छ उत्तिकै ।
स्वार्थी भै अर्के रोज्यौ कृष्ण छ उत्तिकै ।