तिम्रो मेरो मायाको, आज अबसान भो ।
लाश पर्यो पिरतिको, माया समसान भो ।
दुनियाको आखा लाग्यो, हाम्रो पिरतिमा ।
माया बिच समाजको, युद्ध घमसान भो ।
निश्चल चोखो मायामा दैबले रिस गर्यो ।
खरानि भो जलेर, आज सुनसान भो ।
संगै बाच्ने मर्ने कसम हाम्रो माया को ।
मरे पछि लैलामजनु जस्तै बयान भो ।
लाश पर्यो पिरतिको माया समसान भो ।