तिम्रो मुटुमा नाम लेख्ने मै त हुँलानी
नजाउ भनि बाटो छेक्ने मै त हुँलानी
सुखमा हास्ने धेरै हुन्छन यो दुनियामा
दु ख पर्दा तिम्लाई देख्ने मै त हुँलानी
पिडा हुदा भौतारीदै जस्लाई भने पनि
सान्त्वोनाले मनलाई सेक्ने मै त हुँलानी
कतै तिमी लरखराई लड्न लाग्यो भने
आधार दिन दह्रो टेक्ने मै त हुँलानी
नजाउ भनि बाटो छेक्ने मै त हुँलानी