तिम्रो शहर् छिरेपछि मैले आफ्नो नाम पाएं
सम्मान् गर्यौ, परिश्रमको गर्नलाई काम पाएं
गरिबीको, सिरोटेले, चिसियाथ्यो डडाल्नो
डडाल्नो नै पोल्नेगरि न्यानो तातो घाम पाएं
भौतारिएं सडक् गल्ली लक्ष्य खोज्दै हिडें कति
सहजै त्यो, लक्ष्य चुम्न, सक्ने सुन्दर् ठाम पाएं
नौलो नयाँ शहर् देख्दा अन्योलमा परिगाथें
आत्मियताको, बर्को ओढें, शहर् भित्रै गाम पाएं
आफ्नो सीप आफ्नो कला, बिक्दैनथ्यो हिजोसम्म
सीप चल्यो, कला बिक्यो, तातो मिठो माम पाएं