तीन काने, चार आँखे भई पात पात हुन सक्दिन म,
धरौधर्म आगो खाई अँगार हग्न सक्दिन म ।
धनीलाई बागबाग, निर्धनलाई बगर हुन सक्दिन म,
ताल परे तिवारी नत्र गोतामे हुन सक्दिन म ।
नास्तिक होईन आस्था राख्छु तर अन्धबिश्वासी हुन सक्दिन म ।
ढुङ्गालाई ईश्वर भन्दै पुजी बस्न सक्दिन म ।
गर्नेले गरेकै छन कालो पनि सेतो पनि तर
माता र भूमिमा आगो लगाई तापी बस्न सक्दिन म ।
मरिन्छकि सगर नागे भनि भित्रै मूत च्यापि बस्न सक्दिन म ।
हो देश छाडि बिदेशिय,धेरै रोय अनि निसास्सिए तर,
अब बरु आफ्नै देशमा सहिद हुन्छु,यो खाडीमा मर्दिन म ।
दियालो बाल्छु,सिस्नो खान्छु बरु फर्कन्छु म खोज्न जङ्गेलाई तर,
धारिलो खुकुरी कम्मरमा लुकाई यि फिस्टेसंग थरथराई बस्न सक्दिन म ।
यि फ्याउराका आश्वसनका लड्डुमा अझै भुलि बस्न सक्दिन म,
धरौधर्म अँगार खाई आगो हग्न सक्दिन म ।