तीन महिना थपेर संविधान बन्ला ?
दिनदिनै बन्द गरेर संविधान बन्ला ?
सड्कमा गूड्ने गाडीहरु फोरेर यहाँ
जनताले सडक भरेर संविधान बन्ला ?
जनता झुधाएर टाउको फोराफोर गरी
रगतको छिर्का छरेर संविधान बन्ला ?
म्याद थप्यो अनी बैठक बहिस्कार गर्यो
होटेल रेस्तुरांन्ट्मा चरेर संविधान बन्ला ?