टिप्ना साथ ओइलि जाने, साग हो कि जिन्दगि यो
जोड, घटाउ,गुणन अनि, भाग हो कि जिन्दगि यो
जति पुरा गरे पनि, सधै रित्तो भए जस्तो
असिमित त्यो चाहानाको, माग हो कि जिन्दगि यो
हेर्दा राम्रो देखे पनि, जिउनलाई गाह्रो पर्ने
पिरो पिरो खुर्सानिको, राग हो कि जिन्दगि यो
यस्का लागि त्यस्का लागि, भन्दै सधै बाच्नु पर्ने
बिशालु त्यो बिश छर्ने, नाग हो कि जिन्दगि यो
हिरा भन्दा अमुल्य त्यो, खाग हो कि जिन्दगि यो