टोलाएर किन हेर्छु, उस्कै बाटो अझै पनि ?
किन फेरी कोट्याउछु, आलो खाटो अझै पनि ?
किन लिन्छ बतास यो, उस्कै नाम घरी-घरी ?
बसाउछ उ हिडेका, किन माटो अझै पनि ?
नदेउ है दैव मेरी, सानु लाई आँशु तिमी,
देउ बरु मलाई नै, उस्कै साटो अझै पनि !
उस्कै नाम जुनि गरे, चाहे मुखै मोडे पनि,
दु:खी रहोस् यो छातिको, देब्रे पाटो अझै पनि !
के भयो र ? बनी दिन्छु, म नै लाटो अझै पनि !
ओठ हाँसो छरी दिन्छ, चाहे रुखो भए पनि,
सिलाउँदै रुन्छ मन, भित्री फाटो अझै पनि !
पखाले यि आँशुले नै, उस्को नाम "निशानि" ति,
सकिन खै "प्रखर" भै, बस्यो टाटो अझै पनि !