त्याग बिनाको देश बन्छ कशरी
भान्छा बिनाको मेश बन्छ कसरी
दोष दिएर अन्त भाग्न नखोज
गल्ती बिनाको केश बन्छ कशरी
सम्पत्ती चाहे अरब किन नहोस्
शान्ति बिनाको ऐश बन्छ कशरी
षडयन्त्र बुन्नेहरु याद गर यो
उ बिनाको मधेश बन्छ कसरी
अरु हैन यति मात्र बुझ्यो सोल्टिले
सत्य बिनाको बेश बन्छ कशरी