उड्छ जस्तै गर्ने गर्थे, उडेर खै कता पुग्यो ?
टुहुरोझैँ पारेपछि, विरक्त भै कता पुग्यो ??
जिन्दगीको पाठशालामा, धेरै-थोरै पढिन्छ नै !
शिष्य हैन, गुरुजनका, पोल्टाबाटै कता पुग्यो ?
बिग्रिएको मौसमजस्तै, फेरिँदै छन् बोलीहरू !
पत्करको के कुरा भो र?पालुवाकै कता पुग्यो ??
ज्यानै गयो हजारौँको, त्यसकै ज्यान बचाउन !
आकाशको चरीजस्तै, कावा खाँदै कता पुग्यो ?
तातो थियो भुङ्ग्रोजस्तै, सायद ज्वरो आ'रै'छ कि ?
खोकिर'न्थ्यो'त्यो बिचरो ! खोक्ताखोक्तै कता पुग्यो ??
दुनियाँको प्यारो भा'थ्यो', भोकै-प्यासै कता पुग्यो ?