उड्छ मन हावा सरी मनमा पिडा हुँदा !
छोएकोछ छाती भरी मनमा पिडा हुँदा !!
कुल्चिएर लत्याएको फोहोर भएँ आज !
मुटुभित्रै काँडा छरी मनमा पिडा हुँदा !!
समयको जन्जालमा जेली'ई गयो वैश !
भाग्यले नै छल गरी मनमा पिडा हुँदा !!
जीवन जिउन नजानेरै रुनु पर्ने हो कि !
सदावहार आँशु झरी मनमा पिडा हुँदा !!
दु:ख आयो सुख टरी मनमा पिडा हुँदा !!