उडी जान्थे डाडा पारी, बरु म त, चरी भए ।
महँगोले, बिक्थे नि म, कि त सुन, सरी भए ।
बाँचे पनि, मरे तुल्या, भयो झुटो, संसारमा ।
जहा जाऊ, घृणा गर्छन्, उडीजान्थे, परी भए ।।
मन भन्दा, धन ठुलो, ठान्दा रैछ्न्, स्वर्थीहरू ।
धुन हुन्थे, बरु म त, मादलुको, खरी भए ।।
छाती भित्र, ब्यथा बढ़ी, गलिसके, दिनदिनै ।
कति आँशु झार्नु, बरु, वर्षन्थे म, झरी भए ।।
बास्ना छर्थे, बियोगी भै, त्यों सुँगन्ध, भरी भए ।।