उजाडीएको समाज मा, नयाँ बस्ती बसाउनुछ ।
जरै सित गाडीएको, अन्धबिश्वास मसाउनुछ ।।
रुढिवादी ग्रस्त बन्दै, हामी माथि थोपरिएको ।
कुरिती र कुसस्कार लाई, सबैमिली भसाउनुछ।।
ब्याभिचारी मनले होइन, स्वछ अनी पवित्रले ।
अनेकता मा एकता, साईनो यहाँ गसाउनुछ ।।
शरद पछी बषन्त मा, नयाँ मुना पलाए झै ।
नयाँ जीवन नयाँ सस्कार, मनभित्र पसाउनुछ।।
भाई भाई को नाता जोडी, अजम्बरी रसाउनुछ ।।