उनि रुँदा गाँउघरमा, फाट्दैछु म परदेशमा ।
दुखी दिन सन्चो भन्दै, ढाँट्दैछु म परदेशमा ।।
बेचिएर आफ्नै मोलमा, तोला निक्कै जोड्छु भनि ।
शुन्य हात लाग्ने पल यि, काट्दैछु म परदेशमा ।।
हुरी झैँ रहर उमेर, सम्झौतामा बाँधिएछी ।
खुशी हजार बेतनमा, साट्दैछु म परदेशमा ।।
चरी जस्तै उढ्न खोज्छु, बोझहरुले निसासिँदा ।
पखेँटा छिनाई आफै म, डाँठदैछु म परदेशमा ।।
मनै फुल्ने दिनहरु, छाँट्दैछु म परदेशमा ।।