सराङ्कोटको डाँडा सङ्गै चढ्दै गर्दा मजा भयो
हात समाई उन्को नजिक बढ्दै गर्दा मजा भयो।
उकालीको यात्रा सङ्गै साथीहरु छिन्न भिन्न
सङ्गै हामी दुईको दुरी घट्दै गर्दा मजा भयो।
थाकेँ भन्दै काँखमा राखी उठाउन अनुरोध भो
बोक्ने बेला चिप्लेपछी लड्दै गर्दा मजा भयो।
अचानकै अनायासै बाँधिएछौ आलिङनमा
लजाएका नजर उनका पढ्दै गर्दा मजा भयो
फेवातालमा छाल उठ्यो बन्द भए नजरहरु
ओठ माथि ओठ झनै गड्दै गर्दा मजा भयो।
सराङ्कोटको डाँडा सङ्गै चढ्दै गर्दा मजा भयो
हात समाई उन्को नजिक बढ्दै गर्दा मजा भयो।