उनको नाममा लेखी पत्र, पठाएको थिएँ मैले
पायौ पाएनौ सच्च चरित्र, पठाएको थिएँ मैले ।
प्रगाढ बन्न नपाउंदै हाम्रो मित्रता आज यहाँ
मनैको साथि असल मित्र, पठाएको थिएँ मैले ।
मेरो मनबाट त्यसै ओकालत हुँदा भावनाहरु
खाली तिम्रो त्यो मनभित्र, पठाएको थिएँ मैले ।
यो आँखामा आउँदा तिम्रो ती बिम्ब दृश्यहरु
कोरेर मेरो आफ्नै चित्र, पठाएको थिएँ मैले ।
तिमीले भेट्ने गरी यततत्र, पठाएको थिएँ मैले ।।