उनको समिप भईन भने मुर्झाएर मर्छिन अरे ।
नफक्रेको थुङ्गा जस्तै कोपिला मै झर्छिन अरे।।
मेरो न्यानो स्पर्श ले,उनको आचल छुईन भने ।
होस् गुमाएर जिन्दगीभर,टोलाए झै गर्छिन अरे।।
अपारमायाले भरिएको,फुलको गुच्छा दिइनभने ।
आश मारेर क्षितीजपारी,सयौखोली तर्छिन अरे ।।
म उनको लागि बिना झरी,बादलु झै फाटे भने ।
मन मारेर जुनतारा झै,अन्धेरी मा सर्छिन अरे ।।
मलाई छोडि आँफैले नै,आधा खुशी भर्छिन अरे ।।