उनले मेरो गाउ हेर्दा तुवालो ले छेकियो रे,
स्वर्ग जस्तै सुन्दर ठाउँ अनकन्टार देखियो रे ।।
सुख सयल रोज्ने त्यो मन गरीबिको झुपडिमा ।
खुशी सङ्ग साट्न खोज्दा आशुमात्र भेटियो रे ।।
हुन्न कसम हाम्रोजोडी मत अन्तै मोड्छु भन्थी ।
बर्षौ दिन मा लाको माया पल भरमै मेटियो रे ।।
साथ छुट्दा बिरानी भई परेली मा आशु खस्दा ।
हासोसङ्ग बाच्ने उन्को रहर चुलेसिले रेटियो रे ।।
उन्ले भन्थिन मेरो त'उफ'कर्मै खोटो लेखियो रे ।।