उर्लिएको भाव लेख्नु मेरो गल्ती हो र?
धर्तीलाई स्वर्ग देख्नु मेरो गल्ती हो र?
मानिस हुँ मानिस भै बाँच्नलाई मैले
सुन्दर् शान्त धर्ती टेक्नु मेरो गल्ती हो र?
हरेक् प्राणी माया खोज्छन् मैले पनि खोजें
प्रेमरुपी राप सेक्नु मेरो गल्ती हो र?
हाँसो खुसी जीन्दगीमा सबै चाह गर्छन्
सुख खोज्न दु:ख छेक्नु मेरो गल्ती हो र?
हृदयको बाँध थेग्नु मेरो गल्ती हो र?